उत्कृष्ट करदाता

उत्कृष्ट करदाताको रुपमा महिला सहयात्रा सम्मानित
 
“स्वच्छ पारदर्शि र प्रविधिमैत्री कर प्रशासन ः विकास, समृद्धि र सुशासन” नाराका साथ मनाइएको नवौ राष्ट्रिय कर दिवसको अवसरमा महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि.चित्लाङ मकवानपूरलाई आर्थिक वर्ष २०७५÷०७६ मा सबै भन्दा बढी आयकर दाखिला गरे वापत आन्तरिक राजस्व कार्यालय, हेटौडाले सम्मानित गरेको छ । 
 
महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि.ले लामो समय देखि वित्तीय सेवा नपुगेका अति दुर्गम र पिछडिएका समुदायमा लघुवित्त कार्यक्रमको माध्यमबाट महिला शसक्तिकरण,लघुउद्यम प्रबद्र्धन तथा स्थानीय उत्पादनको बजारीकरणका लागि लघुकर्जा प्रदान गर्दै आएको छ ।
 
राष्ट्रिय स्तरको कार्य क्षेत्र र १२ करोेड १० लाख चुक्ता पूँजी रहेको यस वित्तीय संस्थाले हाल विभिन्न  १७ जिल्लामा  ३४ शाखा कार्यालयहरु मार्फत  ३५ हजार भन्दा बढी परिवारलाई लघुवित्त कार्यक्रमका साथै  लघुउद्यम विकास सेवा समेत प्रदान गर्दै  आएको छ ।